Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढीपीडितका लागि युरोपेली संघले नेपाललाई २० लाख युरो सहयोग गर्ने

बाढीपीडितका लागि युरोपेली संघले नेपाललाई २० लाख युरो सहयोग गर्ने
A A+ A-

काठमाडौं। युरोपेली संघ (ईयू) ले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावितलाई सहयोग गर्न २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

ईयूका अनुसार आपत्कालीन सहायता बाढी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाइ तथा आश्रयको व्यवस्थामा प्रयोग हुनेछ । ईयूको सहयोगमा काम गरिरहेका साझेदार संस्थाले विपद्पछि प्रभावित क्षेत्रमा तत्कालै राहत तथा उद्धारसम्बन्धी काम सुरु गरिसकेका छन् ।

यो सहायता यसै वर्षको सुरुवातमा नेपालका लागि विपद् पूर्वतयारीमा छुट्याइएको करिब ३० लाख युरो मानवीय सहयोगभन्दा अतिरिक्त हो । ईयूका साझेदार संस्थाले पहिले नै भण्डारण गरिएका अस्थायी आवास सामग्री तथा राहत सामग्री परिचालन गरी प्रभावित समुदायलाई सहयोग उपलब्ध गराइरहेका छन् ।

ईयूले आफ्नो प्रतिक्रिया समन्वय गर्न एसियाका लागि र्‍यापिड रेस्पोन्स कोअर्डिनेटर समेत नेपाल पठाउने जनाएको छ ।

स्थानीय तहबाट भइरहेको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन ईयूले कोपरनिकस स्याटेलाइट सेवा पनि सक्रिय गरेको छ । उक्त सेवामार्फत बाढी प्रभावित क्षेत्रको नक्सा तयार गरी उद्धार तथा राहत व्यवस्थापनमा सहयोग पुर्‍याइनेछ ।

ईयूकी तयारी तथा संकट व्यवस्थापन आयुक्त हद्जा लाहबिबले बाढीले यसअघि नै विभिन्न विपद्बाट प्रभावित हुँदै पुनर्निर्माणमा रहेका नेपाली समुदायलाई थप ठूलो क्षति पुर्‍याएको बताइन् ।

“सडक बगेका छन्, गाउँहरू सम्पर्कविहीन भएका छन् र परिवारहरू आफ्ना बेपत्ता आफन्तको खोजीमा छन् । नेपालका बाढीले विगतका विपद्बाट पुनःस्थापित हुँदै गरेका समुदायलाई तहसनहस बनाएको छ,” लाहबिबले भनिन्, “ईयू उनीहरूको साथमा छ । तत्काल स्वास्थ्य सेवा, खाद्यान्न, पानी र आश्रयका लागि २० लाख युरो उपलब्ध गराउँदैछ ।”

यसैबीच, युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डर लेयेनले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत बाढीबाट प्रभावितप्रति ऐक्यबद्धता व्यक्त गरेकी छन् ।

“विनाशकारी आकस्मिक बाढीबाट प्रभावित सबैप्रति मेरो गहिरो सहानुभूति छ,” उनले लेखेकी छन्, “सबैभन्दा बढी प्रभावित परिवार र समुदायलाई जीवनरक्षक सहायता पुर्‍याउन युरोपले नेपालका लागि तत्काल २० लाख युरो मानवीय सहायता उपलब्ध गराउँदैछ । युरोप तपाईंहरूको साथमा छ ।”

2