Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढीः जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

भोटेकोशी बाढीः जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार
अ+ अ-

काठमाडौँ। रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र त्रिशूलीमा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङमा फसेका १९१ जनाको आज उद्धार गरिएको छ । सुरुङमा फसेका ती इञ्जिनियर, प्राविधिक र मजदुरलाई नेपाली सेनाको टोलीले उद्धार गरी हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको हो ।

सेनाले आज बिहानदेखि अपराह्नसम्म रसुवाको टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायत इलाकाबाट ५६ जना विदेशीसहित ९०० जनाको उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यही भदौ १० गतेदेखि हालसम्म स्थल र हवाई साधनमार्फत दुई हजार १०१ जनाको उद्धार गर्नु गरेको छ । काठमाडौँबाट त्रिशूलीसम्म स्थलमार्ग र हेलिकप्टरबाट राहत सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ ।

सेनाले स्थापना गरेको आपतकालीन उपचार केन्द्र त्रिशूलीमा ४५६ र धुन्चेमा १०५ गरी जम्मा ५६१ जनालाई आज स्वास्थ्य सेवा प्रदान गरेको छ । ती केन्द्रबाट हालसम्म एक हजार ७०६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।

प्रभावित जिल्लामा करिब छ हजार ७०० भन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार कार्य, आपतकालीन उपचार तथा राहत सामग्री वितरण भइरहेको छ ।

शनिबार नदी किनारामा शव खोज तलास तथा व्यवस्थापनमा सहयोग, आपतकालीन उपचारको निरन्तरता, मैलुङ, टिमुरे र स्याफ्रुबेशी इलाकामा खोज उद्धार कार्यलाई निरन्तरता दिइने सेनाले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका टनेलमा सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धार र अवरुद्ध सडक सञ्चालनमा ल्याउन सैन्य शक्ति परिचालित हुनेछ ।

2