Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सर्भर चिस्याउन चीनले रोज्यो ‘इमर्सन’ प्रविधि

सर्भर चिस्याउन चीनले रोज्यो ‘इमर्सन’ प्रविधि
अ+ अ-

काठमाडौं। चीनको क्विचौ प्रान्तस्थित क्विआन नयाँ क्षेत्रमा कन्टेनर पुनःनिर्माण गरी नयाँ प्रकारको इमर्सन लिक्विड–कुलिङ कम्प्युटिङ पावर मोड्युल विकास गरिएको छ।

क्विचौ पावर ग्रिड कम्पनीले निर्माण गरेको उक्त मोड्युलमा चार वटा इमर्सन लिक्विड–कुलिङ क्याबिनेट छन्। क्याबिनेटभित्रका सर्भरलाई फ्लोरिनेटेड तरल पदार्थ र संश्लेषित तेलजस्ता विशेष कुलिङ माध्यममा डुबाएर प्रत्यक्ष रूपमा तापक्रम नियन्त्रण गरिन्छ। बाह्य बन्द–चक्र कुलिङ टावरले उत्पन्न तापलाई पुनः परिसञ्चरण गर्दै बाहिर निकाल्छ।

परम्परागत हावामार्फत गरिने कुलिङको तुलनामा यो प्रविधिले कम्प्युटिङ उपकरणको ताप व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

मोड्युल कारखानामै पूर्वनिर्मित हुने भएकाले आवश्यक स्थानमा लगेर जडान गर्न सकिन्छ। विद्युत् उपकेन्द्र तथा शून्य–कार्बन औद्योगिक पार्कमा समेत यसलाई ‘प्लग एन्ड प्ले’ प्रणालीका रूपमा तैनाथ गर्न सकिने कम्पनीले जनाएको छ।

यसलाई चीनको हरित कम्प्युटिङ पूर्वाधार विस्तारतर्फको नयाँ प्रयोगका रूपमा हेरिएको छ।

2