Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

विश्वभरका नेपाली समुदायलाई सहयोगको आह्वान

विश्वभरका नेपाली समुदायलाई सहयोगको आह्वान
अ+ अ-

काठमाडौं। भोटेकोशी नदीको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार तीव्र बनाउन एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले सरकारसँग आग्रह गरेको छ।

एएनओले विश्वभर रहेका नेपाली मूलका समुदाय र संघसंस्थालाई प्रभावित नागरिकको सहयोगमा जुट्न समेत अपिल गरेको छ।

भदौ १० मा आएको बाढीपहिरोले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै एएनओले तत्काल राहतलाई प्राथमिकता दिन आग्रह गरेको हो।

बाढीपहिरोबाट अवरुद्ध राजमार्ग, सञ्चार र विद्युत् सेवा तत्काल सञ्चालनमा ल्याउन तथा प्रभावित परिवारसम्म खाद्यान्न, खानेपानी, औषधि र अस्थायी आवास पुर्‍याउन एएनओले माग गरेको छ।

संस्थाले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताको सकुशल उद्धारको कामना गरेको छ।

एएनओ केन्द्रीय समितिका अध्यक्ष डिल्ली अधिकारीद्वारा जारी विज्ञप्तिमा विशेषगरी रसुवालगायत अति प्रभावित क्षेत्रमा तत्काल सहयोग केन्द्रित गर्न विश्वभरका नेपाली समुदायलाई आह्वान गरिएको छ।

2