Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बिपी राजमार्ग सञ्चालनमा आउन अझै दुई दिन लाग्ने

बिपी राजमार्ग सञ्चालनमा आउन अझै दुई दिन लाग्ने
A A+ A-

काठमाडौं- बाढी र पहिरोका कारण अवरुद्ध बनेको बिपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई दिन लाग्ने भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार निरन्तरको वर्षा र रोसीखोलामा आएको बाढीका कारण मर्मत कार्य प्रभावित हुँदा यातायात सुचारु हुन मङ्गलबार साँझसम्म कुर्नुपर्ने भएको हो।

डिभिजन प्रमुख योगेशका अनुसार चौकीडाँडामा रहेको डाइभर्सन बाढीले बगाएपछि समस्या थपिएको छ। उहाँले भन्नुभयो, “वर्षा रोकिएकोले अब डाइभर्सन बनाउने काम सोमबार बिहानैबाट सुरु हुन्छ।” कार्यालयले सोमबार साँझसम्म अस्थायी डाइभर्सन तयार गरी सवारी सञ्चालन गर्ने लक्ष्य राखेको छ। यदि चौकीडाँडामा डाइभर्सन बनाउन नसकिएमा खानेपानीको पम्प हाउस भत्काएर भए पनि बाटो खुलाउने अन्तिम विकल्प रहेको डिभिजन प्रमुखले जानकारी दिनुभयो।

रोसीखोलाको बाढीले चौकीडाँडामा ३०० मिटर, कटुन्जेमा ३०० मिटर, माम्तीमा १०० मिटर र पिप्लेमा २८५ मिटर सडक बगाएको छ। असोजको दोस्रो साता आएको बाढीले बिपी राजमार्गको दाप्चा पुलदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडक खण्डमा क्षति पुर्‍याएको थियो। हाल काभ्रेपलाञ्चोक र सिन्धुलीतर्फका विभिन्न खण्डमा पुनर्निर्माणको काम भइरहेको छ।

यसैबीच, वर्षाका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल-खावा सडक खण्डको पहिरो पन्छाएपछि दिउँसो १ बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। यद्यपि, धुलिखेल नगरपालिका-११ स्थित फस्कोटमा सडक भासिएका कारण काभ्रेभन्ज्याङ-नमोबुद्ध सडक खण्डमा भने यातायात अझै अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

2