काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँले घटेको हो।
आइतबार प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार दुई लाख ९४ हजार ३०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला चार हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार चार हजार ५१० रुपैयाँ कायम भएको छ।
