Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

मनाङ पुगेका पर्यटक फर्किन थाले

मनाङ पुगेका पर्यटक फर्किन थाले
A A+ A-

लमजुङ। अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बिच बाटोबाटै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन्।

थोराङ्ला भन्ज्याङ पार गर्दै मुस्ताङ, पोखरालगायत गन्तव्यमा पुग्ने योजनामा आएका पर्यटक मौसममा आएको खराबी र बढ्दो जोखिमका कारण मनाङबाटै फर्किन थालेका हुन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार पछिल्लो एक सातामा २४६ विदेशी पर्यटक मनाङबाट लमजुङतर्फ फर्किएका छन्। फर्किनेमा १५१ पुरुष र ९५ महिला रहेका छन्। यही असोज ६ गतेदेखि १२ गतेसम्म उक्त सङ्ख्यामा पर्यटक फर्किएका हुन्।

केही दिनअघिसम्म धारापानी हुँदै दैनिक १०० देखि १५० सम्म विदेशी पर्यटक मनाङतर्फ जाने गरेका थिए। पछिल्लो समय मौसम प्रतिकूल बनेसँगै पर्यटकको आवागमन घटेको छ। अहिले एक–दुई जना पर्यटक मात्रै मनाङतर्फ जाने गरेका छन् भने अधिकांश पर्यटक लमजुङतर्फ फर्किन थालेका छन्।

“केही दिनअघिसम्म दैनिकजसो १०० देखि १५० सम्म पर्यटक मनाङतर्फ जाने गरेका थिए। अहिले एक–दुई जना मात्रै मनाङतर्फ गएको देखिन्छ, अधिकांश फर्किन थालेका छन्”, इन्चार्ज गुरुङले भने।

मौसममा आएको खराबी, निरन्तरको वर्षा तथा पदमार्गमा बढेको जोखिमका कारण थोराङ्ला भन्ज्याङ हुँदै मुस्ताङलगायत गन्तव्यतर्फ जाने योजनामा रहेका पर्यटकले बिचबाटै यात्रा छोट्याउन थालेका हुन्।

लमजुङको बेँसीसहर नगरपालिका–७ बाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की हुँदै जाने प्रमुख पदयात्रा मार्ग हो। यस पदमार्गको उच्चतम बिन्दु पाँच हजार ४१६ मिटरको थोराङ्ला भन्ज्याङ हो। प्राकृतिक तथा सांस्कृतिक विविधताले भरिएको यस पदमार्गमा विदेशी पर्यटकको सधैँ आकर्षण रहँदै आएको छ।

2