काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार तिन सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ३० रुपैयाँले बढेर ४ हजार ४ सय २५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
