Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

सडक भासिँदा रेसुंगा विमानस्थल जाने सडक अवरुद्ध

सडक भासिँदा रेसुंगा विमानस्थल जाने सडक अवरुद्ध
A A+ A-

गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक भासिँदा रेसुङ्गा विमानस्थलसँगै तम्घास–सिमीचौर–राङबास–खज्र्याङ हुँदै रिडी जाने सडकसमेत प्रभावित भएको छ ।

सिमीचौरमा करिब ८० मिटर पक्की सडक भासिएपछि उक्त सडकखण्डमा यातायात सञ्चालन हुनसकेको छैन । मोटरसाइकलसमेत जोखिम मोलेर मुस्किलले आवतजावत गरिरहेका छन् । सडक भासिएपछि रु एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

पहिरोका कारण स्थानीय दुईवटा घरसमेत उच्च जोखिममा परेका छन् । स्थानीय तिलबहादुर कुँवरले पहिरोबाट मुस्किलले ज्यान जोगाएको बताउँदै वर्षा हुँदा कतै घर पनि बगाएर लैजाने हो कि भन्ने त्रास कायमै रहेको बताए ।

सघन सहरी विकास कार्यालय पाल्पाले ‘एकीकृत सडक स्तरोन्नति कार्यक्रम’ अन्तर्गत निर्माण गरेको उक्त सडक गत असार मसान्तमा निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै अविरल वर्षाका कारण सडक भासिएको हो ।

सघन सहरी विकास कार्यालयका इन्जिनियर घनश्याम यादवले उक्त सडकमा तत्काल यातायात सञ्चालन सहज बनाउनका लागि एकदुई दिनभित्रै अस्थायी मार्ग खोल्ने तयारी भइरहेको बताए । भासिएको पक्की सडक पूर्ण रूपमा पुनर्निर्माण गर्न भने केही समय लाग्ने उनले बताए ।

सडक भासिएपछि उक्त क्षेत्रबाट सदरमुकाम तम्घास अध्ययन गर्न आउने विद्यार्थीदेखि रेसुङ्गा विमानस्थल जाने यात्रु तथा सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

2