काठमाडौँ। नेपाली बजारमा आज बिहिबार सुनचाँदीको स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन पनि सुनको मूल्य सोही मूल्यमै कायम रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर नै रहेको महासंघले जनाएको छ। चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनपनि चाँदीको मूल्य यहि मूल्यमै कायम रहेको थियो।
