Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

बर्दिया र कैलालीका उखु किसानले दसैँअघि भुक्तानी पाउने

बर्दिया र कैलालीका उखु किसानले दसैँअघि भुक्तानी पाउने
A A+ A-

काठमाडौं। बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको बक्यौता रकम दसैँअघि नै पाउने भएका छन्।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्राविधिक प्रक्रिया पूरा गरी किसानको बैंक खातामा रकम पठाउने तयारी अघि बढाएको छ।

बिहीबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसानको भुक्तानीलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको जानकारी दिए। प्रशासनिक र प्राविधिक कारणले गर्दा असारमै हुनुपर्ने भुक्तानीमा ढिलाइ भएको उनले स्पष्ट पारे।

सचिव मिश्रले भने, ‘बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रीस्तरबाटै निर्णय भइसकेको छ। भुक्तानीसम्बन्धी कार्यविधि प्राप्त भइसकेकाले एक-दुई दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी दसैँअघि नै रकम पठाउने तयारी भइरहेको छ।’

उखु किसानले लामो समयदेखि बक्यौता रकमका लागि पटक-पटक माग गर्दै आएका थिए। यसअघि पनि मन्त्रालयले भुक्तानी गर्ने निर्णय गरेको भए पनि कार्यान्वयनमा ढिलाइ हुँदा किसान समस्यामा परेका थिए। मन्त्रालयले अहिले उक्त प्रक्रियाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

2