काठमाडौं: पत्रकार तथा व्यवसायी दीपक बुढाक्षेत्री र उनकी पत्नी हिमाकुमारी उपाध्यायले भोटेकोशी बाढीपीडितका लागि ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। उनीहरूले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
बुढाक्षेत्री र उपाध्यायले आफूहरूले विभिन्न समयमा प्राप्त गरेका पुरस्कार तथा सम्मानबापतको रकमसमेत राहत कोषमा हस्तान्तरण गरेका छन्। उनीहरूले राष्ट्रिय युवा प्रतिभा सम्मान २०७८, राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार २०८०, राष्ट्रिय युवा प्रतिभा सम्मान २०८१ र उत्कृष्ट महिला उद्यमी सम्मान २०८२ बाट प्राप्त जनही १ लाख रुपैयाँ गरी कुल ४ लाख रुपैयाँ सहयोग गरेका हुन्। बुढाक्षेत्री नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका पूर्वसचिव हुन्।
