काठमाडौं। मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले दशैँ र तिहारको अवसर पारेर ‘सुनको सवारी’ नामक विशेष क्याम्पेन सुरु गरेको छ।
यात्रुहरूको चाडपर्वको यात्रालाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले ल्याइएको यो क्याम्पेन अक्टोबर १ देखि नोभेम्बर ११, २०२६ सम्म गरी छ हप्तासम्म सञ्चालन हुनेछ।
क्याम्पेन अवधिभर यात्रुहरूले इनड्राइभमार्फत राइड्स पूरा गरेर सुनको सिक्का, सामसुङ स्मार्ट टिभी र स्मार्टवाच लगायतका उपहार जित्ने अवसर पाउनेछन्। कम्पनीका अनुसार हरेक हप्ता पूरा गर्ने राइड्सको संख्याका आधारमा यात्रुहरू लक्की ड्रमा सहभागी हुन सक्नेछन्।
नियमअनुसार एक हप्तामा ५ वा सोभन्दा बढी राइड्स लिने यात्रु ५ ग्रामको सुनको सिक्का जित्ने लक्की ड्रका लागि योग्य हुनेछन्। त्यस्तै, ३ वा सोभन्दा बढी राइड्स पूरा गर्ने यात्रुहरू ३२ इन्चको सामसुङ स्मार्ट टिभी जित्ने अवसरका लागि सहभागी हुन पाउनेछन् भने कम्तीमा एउटा राइड पूरा गर्ने यात्रुहरू स्मार्टवाचको लक्की ड्रमा सहभागी हुनेछन्।
छ हप्ताको यो अवधिमा इनड्राइभले कुल ६ वटा ५ ग्रामका सुनका सिक्का, ६ वटा ३२ इन्चका सामसुङ स्मार्ट टिभी र १२ वटा स्मार्टवाच उपहार स्वरूप प्रदान गर्नेछ। चाडपर्वमा किनमेल तथा आफन्तसँगको भेटघाटका लागि यात्राको चाप बढ्ने भएकाले यात्रुहरूलाई लक्षित गरी यो योजना ल्याइएको कम्पनीले जनाएको छ।
