Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

विदेशमा रहेका नेपालीले विदेशी मुद्रामै आईपीओ भर्न पाउने

अ+ अ-

काठमाडौं। विदेशमा रहेका नेपालीले अब विदेशी मुद्रामै नेपालको आईपीओमा लगानी गर्न पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले एनआरएन नेपाल डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामै आईपीओ निष्कासन गर्न अनुमति दिएपछि यस्तो बाटो खुलेको हो।

नयाँ व्यवस्थाअनुसार फन्डले जारी पुँजीको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ विदेशी मुद्रामा निष्कासन गर्नेछ। लगानीकर्ताले डलर, पाउन्ड वा युरोलगायत परिवर्त्य विदेशी मुद्रामै लगानी गर्न सक्नेछन् भने तोकिएको प्रक्रियाअनुसार प्रतिफलसमेत विदेशी मुद्रामै फिर्ता लैजान सक्नेछन्।

यसले विदेशमा रहेका नेपालीलाई विदेशी मुद्रा नेपाली रुपैयाँमा परिवर्तन गरेर मात्र सेयरमा लगानी गर्नुपर्ने झन्झट घटाउने अपेक्षा गरिएको छ। यद्यपि, लगानीका लागि नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायले तोकेका विदेशी विनिमय र बैंकिङसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्नेछ।

एनआरएन नेपाल डेभलपमेन्ट फन्डले आगामी पाँच वर्षमा आफ्नो पुँजी ५० अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको छ। फन्डले जलविद्युत, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि तथा ठूला पूर्वाधारमा लगानी विस्तार गर्ने योजना बनाएको छ।

विदेशमा रहेका नेपालीको पुँजीलाई नेपालको पुँजी बजार र उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न विदेशी मुद्रामै आईपीओ लगानीको व्यवस्था महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

2