Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

अ+ अ-

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ १ गते सोमबार बसेको ३९७औँ सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो।

बैंकले आफ्नो चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसाको आधारमा लाभांश वितरण गर्न लागेको हो। प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश रहेको छ।

४ प्रतिशत बोनस सेयरका लागि बैंकले १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको सेयर वितरण गर्नेछ। त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांशका लागि २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा छुट्याइएको छ।

बैंकका अनुसार प्रस्तावित नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ। बोनस सेयर र नगद लाभांश गरी बैंकले कुल ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ ६९ पैसा वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिले प्रस्तावित लाभांशसहित बैंकको वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्र लाभांश वितरण हुनेछ।

त्यसअघि बैंकले लाभांश वितरणका लागि आवश्यक वित्तीय तथा नियामकीय प्रक्रिया पूरा गर्नुपर्नेछ। साधारणसभाबाट प्रस्ताव पारित भएपछि तोकिएको मितिसम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

2