बागमती। हेटौँडास्थित सहिद स्मारकले टिकट बिक्रीबाट एक महिनामा रु १३ लाख ३६ हजार ५८० सङ्कलन गरेको छ ।
स्मारक घुम्न आएका १८ हजार ७६८ जना सर्वसाधारण र ९५० जना विद्यार्थीबाट उक्त रकम जम्मा भएको हो । हरेक दिन बिहान ६ः०० बजेदेखि बेलुका ९ः०० बजेसम्म स्मारक खुला हुने गरेको लेखा अधिकृत आशिष विडारीले राससलाई जानकारी दिनुभयो ।
घुम्न आउने विद्यार्थीका लागि रु ३०, सर्वसाधारणका लागि रु ५०, सार्क राष्ट्रका लागि रु १०० र अन्य पर्यटकका लागि रु १५० शुल्क निर्धारण गरिएको छ ।
