Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एनआईएमबीका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा

अ+ अ-

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

स्मार्ट टेलिकमको धितो लिलामसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको एकल इजलासले बिहीबार पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

स्मार्ट टेलिकमले अनुमतिपत्र नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि लाइसेन्स स्वतः रद्द भएको थियो। त्यसपछि कम्पनीको सम्पत्ति सरकारको अनुमति तथा प्रक्रिया पूरा नगरी मिलेमतोमा बिक्री गरी बैंकको कर्जा असुल गरेको आरोपमा पाण्डेसहितविरुद्ध सरकारले ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो।

यसअघि गत वैशाख २९ गते सिन्धुलीबाट पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदनमा हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो। न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले गत जेठ ६ गते उनलाई रिहा गर्न आदेश दिएको थियो।

सर्वोच्चबाट रिहा भएपछि सरकारले पाण्डेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। बिहीबारको थुनछेक आदेशसँगै पाण्डे अब जेलबाहिर रहेर मुद्दाको कानुनी प्रक्रिया सामना गर्ने भएका छन्।

2