Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अमेरिकामा टिकटकलाई ४० करोड डलर जरिवाना

अ+ अ-

काठमाडौं । बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोपमा अमेरिकामा सामाजिक सञ्जाल टिकटकलाई ४० करोड अमेरिकी डलर जरिवाना तिराउने सहमति भएको छ। बालबालिकाको अनलाइन गोपनीयतासम्बन्धी मुद्दामा अमेरिकामा गरिएको यो कारबाही हालसम्मकै ठूलोमध्ये एक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

टिकटकको माउ कम्पनी बाइटडान्सले १३ वर्षभन्दा कम उमेरका करोडौं बालबालिकाको व्यक्तिगत विवरण संकलन गरेको आरोपमा मुद्दा सामना गर्दै आएको थियो। बीबीसीका अनुसार उक्त मुद्दा सन् २०२४ मा दायर गरिएको थियो।

अमेरिकामा सन् २००० मा लागू भएको ‘चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट’ (कोप्पा) ले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको अनलाइन गतिविधि तथा व्यक्तिगत विवरण संकलन गर्दा अभिभावकीय सहमति आवश्यक पर्ने व्यवस्था गरेको छ। टिकटकले प्रयोगकर्ताको उमेर प्रभावकारी रूपमा पहिचान गर्न र नाबालकका लागि आवश्यक अभिभावकीय सहमति लिन नसकेको आरोप लगाइएको थियो।

सम्झौताअनुसार टिकटक र बाइटडान्सले अमेरिकी न्याय मन्त्रालयलाई तत्काल ३० करोड डलर तिर्नेछन्। सन् २०१९ को संघीय व्यापार आयोगसँग भएको सहमति खारेज भएपछि थप १० करोड डलर जरिवाना तिर्नुपर्नेछ।

यसअघि टिकटकको पूर्ववर्ती संस्था म्युजिकल्लीलाई पनि कोप्पा उल्लंघन गरेको आरोपमा ५७ लाख डलर जरिवाना गरिएको थियो। साथै, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि अभिभावकीय सहमति लिनुपर्ने व्यवस्था गरिएको थियो।

अमेरिकी कानुनविद्हरूले मुद्दा दायर गर्दा टिकटक प्रयोग गर्ने करिब १७ करोड किशोरकिशोरी रहेको र एप बालबालिकामाझ समेत व्यापक रूपमा प्रयोग भइरहेको बताएका थिए।

यसैबीच, अमेरिकामा टिकटकको स्वामित्व संरचनामा पनि परिवर्तन भएको छ। टिकटकको अमेरिकी सञ्चालनमा लगानीकर्ताहरूको कन्सोर्टियमको ८१ प्रतिशत हिस्सा रहेको छ भने बाइटडान्ससँग १९ प्रतिशत हिस्सा मात्र बाँकी रहेको बताइएको छ।

अमेरिकी सहायक महान्यायाधिवक्ता ब्रेट सुमाटेले मुद्दा सुरु हुँदाको अवस्थाको तुलनामा अहिले बालबालिका र अभिभावक बढी सुरक्षित हुने अवस्था बनेको बताएका छन्।

बालबालिकाको गोपनीयता उल्लंघनसम्बन्धी कारबाहीमा यसअघि गुगलको युट्युबलाई सन् २०१९ मा १७ करोड डलर तथा एपिक गेम्सलाई सन् २०२२ मा २७ करोड ५० लाख डलर जरिवाना गरिएको थियो।

2