Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध

बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध
A A+ A-

वीरगन्ज । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयले आज पनि वीरगन्ज–पथलैया सडक खण्ड अवरुद्ध गरेका छन् ।

गरिमालाई न्याय दिलाउन माग गर्दै स्थानीयवासीले आज चौथो दिन पनि वीरगन्ज–पथलैया सडकको सिमरा खण्डमा टेन्ट टाँगेर धर्ना दिइरहेको प्रहरीले जनाएको छ । यसअघि बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग पाँच बुँदे सहमति भए पनि गरिमाको परिवारले उक्त सहमतिमा आफ्नो सहभागिता र सहमति नरहेको भन्दै आन्दोलनलाई निरन्तरता दिँदै आएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका चौधरी साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएकी थिइन् । खोजीका क्रममा भदौ २ गते आफ्नै घर नजिकैको एक घरमा विभत्स तथा अमानवीय अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

बालिका चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग विभिन्न राजनीतिक दल र विभिन्न सङ्घसंस्थाले पनि विरोध गर्दै आएका छन् ।

2