Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

३५ वर्षको हिसाब गर्ने होइन,अबको ३५ वर्षको योजना ल्याउनुहोस् : रवि लामिछाने

अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बहुदलपछिको ३५ वर्षको बेथितिको हिसाब गरेर मात्रै अबको राजनीतिक यात्रा अघि बढ्न नसक्ने भन्दै अबको ३५ वर्षका लागि स्पष्ट योजना बनाउन पार्टीका केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन्।

रास्वपाले आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृंखलाको समापन गर्दै लामिछानेले देशले पार्टीलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सबै नेता–कार्यकर्ता खरो उत्रिनुपर्ने बताए।

‘३५ वर्षको हिसाबको कुरा गर्ने होइन, अबको ३५ वर्षको योजना ल्याउनुहोस्,’ उनले भने, ‘विगतका नेतृत्वले जति सक्नुभयो गर्नुभयो, धन्यवाद। अबको ३५ वर्षमा गर्नुपर्ने कामको योजना हाम्रो काँधमा छ।’

आमनागरिकले विश्वास गरेर रास्वपालाई ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित गरेको उल्लेख गर्दै लामिछानेले पार्टीका गतिविधिलाई देशभित्र मात्रै नभई विश्वभरका प्रबुद्ध समुदायले समेत नियालिरहेको बताए। उनले जनअपेक्षा पूरा गर्न इमानदारी, योग्यता र क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिए।

युवाको नेतृत्वमा पार्टी, संसद् र सरकार सञ्चालनको अवसर प्राप्त भएकाले कुनै पनि कमजोरीले नेपालको लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठ्न सक्ने उनको भनाइ थियो। व्यक्तिगत लाभका लागि राजनीतिको प्रयोग गर्न नहुने भन्दै उनले आफूहरूबाट भएका गल्ती–कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताए।

‘केही राम्रो गर्न सकिँदैन भने नराम्रो नगर्ने प्रतिबद्धता हामीमा आवश्यक छ,’ लामिछानेले भने, ‘अञ्जानमा भएका गल्ती–कमजोरी सच्याउने र आवश्यक परे क्षमायाचना गर्ने हो। आगामी दिनमा झुकेको शिर उठाउने प्रयास गर्नेछु। लडेँ भने उठेर फेरि दौडनेछु।’

समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू पार्टीमा आबद्ध भएकाले रास्वपाप्रति सरकार, संसद् र राजनीतिमा आम चासो बढेको उनले बताए। पार्टीका गतिविधिले लोकतन्त्र कमजोर हुन नहुने भन्दै उनले लोकतन्त्रको संरक्षणलाई पहिलो जिम्मेवारीका रूपमा लिनुपर्ने उल्लेख गरे।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै रास्वपाका नेता तथा कार्यकर्तालाई गाउँगाउँमा पुग्न पनि उनले निर्देशन दिए। सरकारले गरेका कामबारे जनतालाई स्पष्ट जानकारी गराउँदै स्थानीय तहमा पार्टीको बलियो उपस्थिति बनाउन अहिलेदेखि नै पहल गर्नुपर्ने उनको भनाइ छ।

लामिछानेले सरकारले सुशासनका क्षेत्रमा सुधारको जग बसाल्ने काम गरिरहेको दाबी गर्दै त्यसलाई निरन्तरता दिन पार्टीभित्र एकता आवश्यक रहेको बताए। सरकारका कामकारबाहीबारे नागरिकले उठाउने प्रश्नको स्पष्ट जवाफ दिन सक्ने गरी नेता–कार्यकर्ता तयार हुनुपर्ने उनले बताए।

उनले पार्टी कार्यालयमार्फत मन्त्रीहरूलाई जनतासँग जोड्ने अभ्यास सुरु गरिएको जानकारी दिँदै पार्टीले सरकारलाई समेत जवाफदेही बनाउँदै आएको बताए।

रास्वपा पार्टीका स्वीकृत राजनीतिक दस्तावेज, विधि, निर्देशिका र नियमावलीअनुसार सञ्चालन हुने उल्लेख गर्दै लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई विधिभन्दा बाहिर नजान निर्देशन दिए। उनले हालै सम्पन्न समायोजनका क्रममा टुंग्याइएका विषयलाई पनि पार्टीको निर्णयअनुसार कार्यान्वयन गर्न आग्रह गरे।

लामिछानेले आफू चाँडै मधेस प्रदेशको राजनीतिक भ्रमणमा जाने र अन्य नेताहरू पनि गाउँगाउँ पुगेर संगठनलाई थप चलायमान बनाउने जानकारी दिए।

2