Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

विश्वव्यापी विकास पहलमार्फत विकासको गति पुनर्जीवित गर्दै चीन

विश्वव्यापी विकास पहलमार्फत विकासको गति पुनर्जीवित गर्दै चीन
A A+ A-

बेइजिङ। विश्वव्यापी विकास पहल प्रस्ताव भएको पाँच वर्षमा चीनले विकासोन्मुख मुलुकलाई विकासका चुनौती पार गर्न र आधुनिकीकरणको प्रक्रिया अघि बढाउन सहयोग पुर्‍याएको दाबी गरेको छ। चीनका अनुसार पहलअन्तर्गतका कार्यक्रमले संयुक्त राष्ट्रसंघको सन् २०३० को दिगो विकास कार्यसूची कार्यान्वयनमा समेत नयाँ गति दिएका छन्।

सन् २०२१ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वव्यापी विकासको दिशासम्बन्धी चुनौतीलाई सम्बोधन गर्दै विकासलाई प्राथमिकता, जनतालाई केन्द्रमा राख्ने, समावेशी तथा समान विकास, नवप्रवर्तनमा आधारित वृद्धि, मानव–प्रकृति सन्तुलन र कार्यमुखी दृष्टिकोणलाई आधार बनाउँदै विश्वव्यापी विकास पहल प्रस्ताव गरेका थिए।

चीनका अनुसार हालसम्म १३० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संगठनले पहललाई समर्थन र सहभागिता जनाएका छन्। यसअन्तर्गतका परियोजनाबाट १२० भन्दा बढी देशका नागरिक लाभान्वित भएको चीनको दाबी छ।

सन् २०२३ मा ‘ब्रिक्स प्लस’ नेताहरूको संवादमा राष्ट्रपति सीले पहलको उद्देश्य विश्वको ध्यान विकासतर्फ केन्द्रित गर्नु र दिगो विकासका लागि संयुक्त राष्ट्रसंघको २०३० कार्यसूची कार्यान्वयनमा सहयोग पुर्‍याउनु रहेको बताएका थिए।

चीनले पहलमार्फत आफ्ना विकाससम्बन्धी अनुभव, प्रविधि र स्रोतलाई अन्तर्राष्ट्रिय सहकार्यमा प्रयोग गर्दै विकासका मुद्दालाई व्यावहारिक कार्यक्रममार्फत अघि बढाएको बताएको छ।

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले चाइना मिडिया ग्रुपसँगको अन्तर्वार्तामा चीनको विकास अनुभव अन्य मुलुकका लागि उपयोगी हुन सक्ने बताएकी छन्। उनका अनुसार चीनले विश्वव्यापी विकास पहलमार्फत आफ्नो अनुभव र ज्ञान बाँडिरहेको छ।

पहल घोषणा भएको दोस्रो वर्ष सन् २०२२ को जुनमा राष्ट्रपति सीले बेइजिङबाट भिडियोमार्फत विश्वव्यापी विकाससम्बन्धी उच्चस्तरीय संवादको अध्यक्षता गर्दै पहल कार्यान्वयनका लागि चीनका ३२ वटा प्रमुख उपाय घोषणा गरेका थिए।

चीनले यी उपायमार्फत विकास, गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तन र डिजिटल सहकार्यलगायत क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्ने लक्ष्य राखेको छ।

विश्वव्यापी विकास पहललाई चीनले आफ्नो विकास अनुभवलाई अन्तर्राष्ट्रिय सहकार्यसँग जोड्ने प्रमुख माध्यमका रूपमा अघि बढाउँदै आएको छ। पछिल्ला पाँच वर्षमा यसअन्तर्गत भएका परियोजना र सहयोगले विकासशील मुलुकसँग चीनको आर्थिक तथा विकास साझेदारीलाई थप विस्तार गरेको देखिन्छ।

2