Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सेज छाड्दा ४ करोडको संरचना भत्काउँदै पञ्चकन्या

सेज छाड्दा ४ करोडको संरचना भत्काउँदै पञ्चकन्या
A A+ A-

रुपन्देही- भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) बाट बाहिरिएको पञ्चकन्या एसएस एक्स्पोर्टले करिब ४ करोड रुपैयाँ खर्चेर निर्माण गरेको संरचना बिक्री गर्न नपाएपछि भत्काउन थालेको छ।

पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुका अनुसार सेजभित्रका तथा नयाँ उद्योग स्थापना गर्न इच्छुक लगानीकर्तालाई संरचना बिक्री गर्ने प्रस्ताव गरे पनि सेज व्यवस्थापनले स्वीकृति दिएन। संरचना लिन पाँचवटा टोली इच्छुक भए पनि प्रक्रिया अघि बढ्न नसकेको उनले बताए।

कम्पनीले संरचना व्यवस्थापनका लागि शुल्क तिरेर थप एक वर्ष समय दिनसमेत माग गरेको थियो। त्यसमा पनि निर्णय नभएपछि संरचना भत्काउन थालेको साहुले बताए।

पञ्चकन्याले २०७५ साउनमा सेजका चार प्लट लिएर २०७६ असोजमा उद्योग सेड, कम्पाउन्ड पर्खाल, सुरक्षा भवन, शौचालय र क्यान्टिनलगायत संरचना निर्माण गरेको थियो। २०७७ चैतदेखि उत्पादन तथा भारततर्फ निर्यात सुरु गरेको कम्पनी निर्यातसम्बन्धी नियम र भारतको नयाँ आयात व्यवस्थाका कारण प्रभावित भएपछि २०८२ भदौमा सेजबाट बाहिरिएको हो।

सेजले संरचना व्यवस्थापनका लागि दिएको एक वर्षे म्याद भदौ १८ गते सकिँदैछ। कम्पनीका अनुसार नियमावली संशोधन नभए संरचना सेजकै स्वामित्वमा जाने व्यवस्था छ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वल कसजूले यस्तो व्यवस्थाले करोडौंको संरचना नष्ट हुने र लगानीकर्ताको मनोबल कमजोर पार्ने भन्दै सेज ऐन परिमार्जन गर्नुपर्ने बताए।

2