Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

इरानमाथि अमेरिकाको ‘आर्थिक डी–डे’, तेल निर्यात रोक्ने तेहरानको चेतावनी

इरानमाथि अमेरिकाको ‘आर्थिक डी–डे’, तेल निर्यात रोक्ने तेहरानको चेतावनी
A A+ A-

 

रोयटर्स । अमेरिकाले इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले इरानका व्यापारिक साझेदारलाई लक्षित गर्दै सोमबार नयाँ प्रतिबन्ध घोषणा गर्ने तयारी गरेका हुन्।

बेसेन्टले आइतबार फाइनान्सियल टाइम्स मा लेख प्रकाशित गर्दै आगामी कदमलाई ‘आर्थिक डी–डे’ भन्दै कुनै प्रतिद्वन्द्वीविरुद्ध परिचालन गरिएको अहिलेसम्मकै ठूलो वित्तीय अभियान हुने बताएका छन्।

अमेरिकाको नयाँ कदमको तयारी भइरहेका बेला इरानले भने आर्थिक युद्ध जारी रहे खाडीबाट हुने सम्पूर्ण तेल निर्यात रोक्ने चेतावनी दिएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले आइतबार सामाजिक सञ्जालमार्फत होर्मुज जलडमरूमध्य वा फारसको खाडीबाट एक थोपा पनि तेल निर्यात हुन नदिने चेतावनी दिएका हुन्।

उनले अमेरिकाको आर्थिक युद्धमा सहभागी हुने वा त्यसलाई समर्थन गर्ने कुनै पनि देशलाई इरानले युद्धमा सहभागी भएको रूपमा लिने बताएका छन्।

अमेरिका र इरानबीच पछिल्ला केही सातादेखि प्रत्यक्ष सैन्य आक्रमण रोकिए पनि करिब ६ महिनादेखि जारी द्वन्द्व अन्त्यका लागि अर्थपूर्ण वार्ता हुन सकेको छैन।

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणमा हजारौँ मानिसको मृत्यु भएको छ। आक्रमणबाट इरानको सैन्य संरचनामा ठूलो क्षति पुगेको छ भने देशको अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ।

यद्यपि, इरानसँग अझै पनि क्षेप्यास्त्र र ड्रोनमार्फत खाडी क्षेत्रका मुलुकलाई लक्षित गर्ने क्षमता रहेको बताइएको छ। इरानले होर्मुज जलडमरूमध्यमा तेल ट्यांकरलाई जोखिममा पार्न सक्ने भएपछि उक्त महत्वपूर्ण जलमार्गबाट हुने ढुवानी प्रभावित भएको छ। यसले विश्व बजारमा इन्धनको मूल्यमा समेत दबाब बढाएको छ।

अमेरिकी ट्रेजरी सचिव बेसेन्टले नयाँ प्रतिबन्धका सबै विवरण सार्वजनिक नगरे पनि इरानको अर्थतन्त्र र वित्तीय प्रणालीसँग कारोबार गर्ने देशहरूलाई समेत लक्षित गरिने संकेत गरेका छन्।

यसअघि उनले चीनलाई अमेरिकासँग सहकार्य गर्न आग्रह गरेका थिए। चीनले भने प्रतिबन्ध र दबाबले समस्या समाधान नगर्ने भन्दै कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने बताएको छ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण यसअघि नै दबाबमा रहेको इरानी अर्थतन्त्रमा थप प्रतिबन्धले जनजीवन झनै कठिन बन्ने, आन्तरिक असन्तोष बढ्ने र इस्लामिक गणतन्त्रप्रतिको जनविश्वास कमजोर हुने चिन्ता इरानी अधिकारीहरूले व्यक्त गरेका छन्।

यसैबीच, इरानको आणविक कार्यक्रमको वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन। अमेरिका र इजरायलले भने इरानको आणविक क्षमतालाई नष्ट गर्ने लक्ष्य राख्दै आएका छन्।

2