Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेप्से १९ अंकले घट्यो

अ+ अ-

काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.१३ अंकले घटेर २,५९९.५८ विन्दुमा बन्द भएको छ। बजारमा व्यापक बिक्री चाप देखिँदा अधिकांश कम्पनीको सेयर मूल्य घटेको हो।

सोमबार कुल कारोबार रकम ३ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ। यो रकम अघिल्लो कारोबार दिन शुक्रबारको ४ अर्ब १६ करोड रुपैयाँको तुलनामा कम हो। कारोबार भएका २७८ कम्पनीमध्ये २२९ कम्पनीको सेयर मूल्य घट्दा ४७ कम्पनीको बढेको र दुई कम्पनीको मूल्य स्थिर रहेको छ।

बजारका सबै उपसूचक राताम्य भएका छन्। हाइड्रोपावर उपसूचक सबैभन्दा धेरै १.१९ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा १.१२ प्रतिशतले ओरालो लागेको छ। बैंकिङ ०.६७ प्रतिशत, जीवन बीमा ०.८१ प्रतिशत, वित्त ०.८० प्रतिशत, अन्य ०.७८ प्रतिशत र माइक्रोफाइनान्स ०.५३ प्रतिशतले घटेका छन्।

कम्पनीगत रूपमा पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.८३ प्रतिशतले घटेको छ। विन नेपाल लघुवित्त ८.६७ प्रतिशत र माउन्ट एभरेस्ट पावर ७.७६ प्रतिशतले घटेका छन्।

यता, सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेर सबैभन्दा धेरै लाभ कमाउने कम्पनी बनेको छ। धौलागिरी लघुवित्त ११.९८ प्रतिशत, सीवाईसी लघुवित्त ९.१४ प्रतिशत र सयपत्री हाइड्रोपावर ६.२७ प्रतिशतले बढेका छन्।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, रिडी पावर, एक्सेल डेभलपमेन्ट बैंक र सानिमा मिडल तमोरलगायत कम्पनी सक्रिय रहे।

2