Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

कोप-१७ मा चीनको मरुभूमि नियन्त्रणको उपलब्धि प्रदर्शन

कोप-१७ मा चीनको मरुभूमि नियन्त्रणको उपलब्धि प्रदर्शन
A A+ A-

उलानबाटर। संयुक्त राष्ट्रसंघीय मरुभूमीकरणविरुद्धको महासन्धिको १७औँ सम्मेलन (कोप–१७) अन्तर्गत चिनियाँ प्रतिनिधिमण्डलले ‘चीन मण्डप’ स्थापना गरी मरुभूमीकरण नियन्त्रण तथा बालुवा रोकथाममा हासिल गरेका उपलब्धि र अनुभव प्रस्तुत गरेको छ।

मङ्गोलियाको राजधानी उलानबाटरमा जारी सम्मेलनमा आयोजित प्रदर्शनीमार्फत चीनले मरुभूमीकरण नियन्त्रण, घाँसेमैदान संरक्षण तथा पुनःस्थापना र वैज्ञानिक रूपमा बालुवा नियन्त्रणका क्षेत्रमा अपनाएका प्रविधि तथा अभ्यास सार्वजनिक गरेको हो।

‘चीन मण्डप’मा तस्बिर, भिडियो तथा विभिन्न नमुना सामग्रीमार्फत सानबेइ परियोजनासहितका प्रमुख कार्यक्रम र उपलब्धि प्रस्तुत गरिएको छ। चीनले मरुभूमीकरण नियन्त्रणमा अपनाएका व्यावहारिक उपाय तथा अन्तर्राष्ट्रिय सहकार्यबाट प्राप्त उपलब्धिलाई पनि प्रदर्शनीमा समेटेको छ।

प्रदर्शनीले सम्मेलनमा सहभागी विभिन्न देशका सरकारी अधिकारी, विज्ञ, अनुसन्धानकर्ता, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीलाई आकर्षित गरेको चिनियाँ प्रतिनिधिमण्डलले जनाएको छ। प्रदर्शनीलाई अनुभव आदानप्रदान तथा मरुभूमीकरण नियन्त्रणका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने मञ्चका रूपमा प्रयोग गरिएको छ।

सम्मेलन अवधिभर चिनियाँ प्रतिनिधिमण्डलले ‘वैज्ञानिक सशक्तीकरणद्वारा मरुभूमीकरण नियन्त्रण : चीनको हरित पर्खालको नवीन अभ्यास’ लगायत करिब २० वटा विषयगत समानान्तर कार्यक्रम आयोजना गर्ने जनाएको छ।

2