Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता

सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता
A A+ A-

काठमाडौं । सुर्तीजन्य पदार्थको लत छुटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालनमा ल्याएको हेल्पलाइन सेवा प्रभावकारी बन्दै गएको छ।

हेल्पलाइनमार्फत परामर्श लिएका केही सेवनकर्ता सुर्तीजन्य पदार्थको लत त्याग्न सफल भएका उदाहरण छन्। मन्त्रालयले २०८२ जेठ १८ गते सुर्तीजन्य पदार्थको सेवन त्याग्न चाहनेका लागि ११३२ हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको थियो। हालसम्म करिब ५०० जनाले उक्त सेवामार्फत निःशुल्क परामर्श लिएका छन् भने १३ जना सुर्तीजन्य पदार्थको लत त्याग्न सफल भएका छन्।

हेल्पलाइनमा फोन गर्नेमा ८० प्रतिशत पुरुष रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको तथ्याङ्कमा छ। बैतडीका ४० वर्षीय एक पुरुषले १८ वर्षदेखि खैनी र सुपारी सेवन गर्दै आएका थिए। दैनिक दुई प्याकेटसम्म खैनी सेवन गर्ने उनले सुर्तीजन्य पदार्थमा धेरै रकम खर्च भइरहेको र दमको समस्या समेत देखिएपछि लत छुटाउने इच्छा गरेका थिए । रेडियो नेपालमा हेल्पलाइनसम्बन्धी सूचना सुनेपछि उनले निःशुल्क हेल्पलाइनमा फोन गरी परामर्श लिए।हेल्पलाइनबाट नियमित परामर्श पाएपछि लत छुटाउने प्रयासमा रहेका छन्।

बाजुराका २५ वर्षीय एक युवाले चुरोट, गाँजा र सुर्ती सेवन गर्नुका साथै दैनिक १२ प्याकेटसम्म स्थानीय खैनी सेवन गर्ने गरेका थिए। टाउको दुख्ने, भोक नलाग्ने तथा स्वास्थ्यप्रति चिन्ता बढेपछि उनले लत छुटाउने प्रयास गरे । हाल उनले नियमित परामर्शपछि पूर्णरूपमा सुर्तीजन्य पदार्थ सेवन बन्द गर्न सफल भएका छन्।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले हालसम्म यो हेल्पलाइन प्रभावकारी देखिए पनि सीमित परामर्शकर्ताले अपेक्षाकृत दिन नसकिएको बताए।

“परामर्श लिएका व्यक्तिलाई छ महिनासम्म निरन्तर फलोअप गरिन्छ। सुरुमा एक–एक हप्ताको अन्तरालमा फलोअप गरी उनीहरूको अवस्था बुझ्ने र आवश्यक परामर्श दिने व्यवस्था गरिएको छ”, उनले भने। नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण वार्षिक करिब ३९ हजार मानिसको मृत्यु हुने तथ्याङ्क छ। सुर्तीजन्य पदार्थको सेवन नसर्ने रोगको प्रमुख जोखिम कारकमध्ये एक मानिन्छ।

पछिल्लो समय बजारमा परम्परागत चुरोट, खैनी र गुट्खाका अतिरिक्त भेप, ई–सिगरेट र निकोटिन पाउच जस्ता नयाँ स्वरूपका सुर्तीजन्य पदार्थ समेत उपलब्ध छन्। यस्ता पदार्थलाई कम हानिकारक वा धुँवारहित भनेर प्रचार गरिए पनि स्वास्थ्यमा पार्ने जोखिम गम्भीर रहेको डा. थपलिया बताउँछिन्।

भेप, ई–सिगरेट र निकोटिन पाउच जस्ता नयाँ स्वरूपका पदार्थलाई समेत सुर्तीजन्य पदार्थकै श्रेणीमा राख्ने गरी ऐन संशोधनको तयारी भइरहेको उनले जानकारी दिइन्। हेल्पलाइन सेवाका लागि हाल एक जना नर्सिङ स्टाफ खटाइएको छ। सेवा सोमबारदेखि शुक्रबारसम्म सार्वजनिक बिदा बाहेक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएको छ।

परामर्श दिँदै आएकी नर्सिङ अफिसर अमिशा रावतले हेल्पलाइनबाट परामर्श लिएका व्यक्तिलाई निरन्तर छ महिनासम्म फलोअप गरिने बताउँछिन्। उनका अनुसार सेवनकर्ताको अवस्था हेरेर नियमित परामर्श तथा लत त्याग्न आवश्यक सहयोग प्रदान गरिँदै आएको छ।

“लत त्याग्न हेल्पलाइनमार्फत परामर्श दिए पनि व्यवस्थित रेफरल मेकानिजम भने बनाउन सकिएको छैन। अलि जटिल खालका केशहरुमा विशेषज्ञ नै चाहिन सक्छन् त्यो भने हाम्रो लागि चुनौती नै छ। सामान्य प्रकृतिका सेवनकर्ताले परामर्शपछि लत त्याग्न सक्ने भए पनि जटिल प्रकृतिको लत भएका व्यक्तिलाई निरन्तर परामर्श र सहयोग आवश्यक पर्छ”, नर्स रावत भन्छिन्।

2