Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग
अ+ अ-

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिकामा विपद्बाट प्रभावितहरूको राहत र पुनःस्थापनाका लागि सञ्चालनमा ल्याइएको विपद् व्यवस्थापन कोषमा छोम्रोङ पर्यटन व्यवस्थापन समितिले सहयोग प्रदान गरेको छ ।

अन्नपूर्ण–११ क्रियाशील रहेको समितिले आज गाउँपालिकालाई रु दुई लाख ५० हजार नगद सहयोग प्रदान गरेको हो । गाउँपालिकाका विभिन्न क्षेत्रमा आएको बाढीपहिरो तथा अन्य विपद्जन्य घटनाबाट प्रभावित क्षेत्रको पुनःनिर्माण, पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोष बनाएर सबैमा सहयोगको आह्वान गरेको छ ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुुर केसीले विपद्मा सहयोगी हातहरू बढ्दै गएको बताए। उनले छिमेकी गाउँपालिकाहरूबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको बताए ।

अध्यक्ष केसीले बिरेठाँटीमा मोदीखोलाको कटानबाट जोखिममा परेको बस्तीको संरक्षण तथा क्षतिग्रस्त सडक पुनःनिर्माणको काम सोमबारदेखी सुरु भएको जानकारी दिए । मोदीखोलाको कटानका कारण बिरेठाँटी क्षेत्रको बस्ती र सडक संरचनामा जोखिम बढेपछि गण्डकी प्रदेश सरकार र गाउँपालिकाको अग्रसरतामा तत्काल संरक्षण तथा पुनःनिर्माणको काम अघि बढाइएको हो ।

बस्ती संरक्षणका लागि ग्याबिन जालीमा ढुङ्गा हालेर निर्माण सुरु गरिएको हो । निर्माण कार्यमा नेपाली सेनाका १०० जनाको जनशक्ति परिचालन गरिएको छ । बाढीका कारण मोदी खोलाले आफ्नो वहाब परिवर्तन गरी बस्तीतर्फ सोझिएपछि केही दिनअघि जेसिबीको सहायताले नदीलाई पूर्ववतस्थानमा फकाइएको थियो ।

सेनाको सहयोगमा ग्याबिन जाली निर्माणलाई तीव्रता दिँदै बस्तीको सुरक्षा गर्ने र अवरुद्ध बिरेठाँटी–घान्द्रुक तथा घोरेपानी सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले बताए ।

उनले भने, “विपद्जन्य घटनाका कारण गाउँपालिकाभित्रका सडक, पुल, होटललगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । पालिका एक्लैको प्रयासले सम्भव नभएपछि विपद् व्यवस्थापनका लागि कोष बनाएर कठिन परिस्थितिमा प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि सबै व्यक्ति, सङ्घसंस्था तथा सरोकारवालालाई सहयोग गर्न अपिल गरेका छौँ”, अध्यक्ष केसीले भने ।

गाउँपालिकाले प्राप्त सहयोग रकमलाई विपद् प्रभावित परिवारको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यमा प्राथमिकताका साथ परिचालन गर्ने जनाएको छ ।

अन्नपूर्णमा यस वर्ष बाढी र पहिराका कारणले बस्ती, सडक, पुल तथा अन्य निजी संरचनामा क्षति पुगेको छ । गत साउन २८ गतेको बाढीले अन्नपूर्ण–८ को बिरेठाँटी बजारमा कटान गर्दा बजार जोखिममा परेको छ । सोही स्थानमा बाढीले १०० मिटर सडक बगाउँदा बिरेठाँटी–घान्द्रुक सडक सम्पर्क टुटेको छ ।

बाढीले बढी क्षति गरेको बिरेठाँटी पर्यटकीय क्षेत्र घान्द्रुक, छुम्रुङ र अन्नपूर्ण आधार शिविर ९एबिसी० जाने प्रमुख प्रवेशमार्ग हो । यसैगरी बीरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने भएकाले सडक अवरुद्ध हुँदा पर्यटकीय गतिविधि सुनसान बनेको छ भने स्थानीय जनजीवनसमेत प्रभावित बनेको छ ।

2