Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपाल–अमेरिका सम्बन्धलाई लगानी र व्यापारमा केन्द्रित गर्न परराष्ट्रमन्त्रीको जोड

नेपाल–अमेरिका सम्बन्धलाई लगानी र व्यापारमा केन्द्रित गर्न परराष्ट्रमन्त्रीको जोड
अ+ अ-

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत विकास सहायताबाट अघि बढाउँदै लगानी, व्यापार, प्रविधि र उद्यमशीलतामा केन्द्रित गर्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको तयारीमा रहेकाले द्विपक्षीय सम्बन्धलाई नयाँ आर्थिक आधारमा अघि बढाउनुपर्ने बताए। उनका अनुसार नेपालले सहायता-निर्भर अर्थतन्त्रबाट निजी क्षेत्र, प्रत्यक्ष वैदेशिक लगानी र उच्च मूल्यका व्यापारतर्फ रूपान्तरण गरिरहेको छ।

खनालले नेपाल–अमेरिका आर्थिक सहकार्यलाई तीन क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए। पहिलो, नेपालको दक्ष युवा तथा सूचना प्रविधि जनशक्तिलाई अमेरिकी प्रविधि, नवप्रवर्तन र पुँजीसँग जोडेर डिजिटल अर्थतन्त्र विस्तार गर्ने; दोस्रो, स्वच्छ ऊर्जा, जलविद्युत्, सीमापार विद्युत् प्रसारण र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने; र तेस्रो, अमेरिकामा रहेको नेपाली डायस्पोराको ज्ञान, सीप, पुँजी र उद्यमशीलतालाई नेपालमा प्रविधि हस्तान्तरण, व्यापार र व्यवसाय विस्तारसँग जोड्ने उनको प्रस्ताव छ।

नेपाल र अमेरिकाबीचको सम्बन्ध आगामी वर्ष ८० वर्ष पुग्ने उल्लेख गर्दै खनालले लामो समयदेखिको विकास साझेदारीलाई अब आर्थिक रूपान्तरणसँग जोड्नुपर्ने बताए। उनले नेपालमा अमेरिकी सहयोगको नयाँ चरणमा उच्च प्रभावका पूर्वाधार, स्वच्छ ऊर्जा, प्रविधि र निजी क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने संकेत गरे।

2