Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र

जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र
A A+ A-

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र गरिने भएको छ।

रघुगङ्गा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूको सहयोगमा कालीगण्डकी करिडोरको घुमाउने तालदेखि पिप्ले हुँदै पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र गर्न लागिएको हो। दुई दशकअघि मार्ग खुलेको उक्त सडक स्तरोन्नतिसहित कालोपत्र योजना सुरु भएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए।

“कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकअन्तर्गत घुमाउने तालदेखि गाउँपालिका केन्द्र मौवाफाँट जोड्ने छ किलोमिटर ४०० मिटर सडक कालोपत्र गर्न लागिएको हो”, उनले भने, “४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरको ८० प्रतिशत र पालिकाभित्र निर्माण सम्पन्न भएका र निर्माणाधीन अन्य जलविद्युत् आयोजनाहरूको २० प्रतिशत लागत साझेदारीमा सडक स्तरोन्नतिसहित कालोपत्र योजना अगाडि बढाइएको हो।”

घुमाउने तालदेखि पिप्ले हुँदै पालिका केन्द्र मौवाफाँट चोकसम्म कालोपत्र र त्यहाँदेखि बुक्ल–बाँधस्थल खण्डको सडक ग्राभेलसहित खोल्साहरूमा कलभर्ट निर्माण गरिने योजना छ। साँघुरो, जीर्ण र कच्ची सडकलाई, घुम्ती सुधार, नाली, पर्खाल तथा ग्यावियन निर्माण गरी फराकिलो पारेर कालोपत्र योजना थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए।

जलविद्युत् आयोजनाहरूले पहुँच मार्गका रूपमा प्रयोग गरेको सडक स्तरोन्नतिका लागि गाउँपालिकाले धेरै प्रयास गरेपछि अहिले आएर सार्थकता पाएको उनले बताए। गाउँपालिकाको संयोजनमा एक वर्षअघि भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधिसमेतको छलफलमा जलविद्युत् आयोजनाले पहुँच मार्गका रूपमा प्रयोग गरेको सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएअनुसार कालोपत्रको योजना अघि बढेको अध्यक्ष भण्डारीले बताए।

हाल रघुगङ्गा हाइड्रोपावरले सडक फराकिलो पार्ने, नाली निर्माण र सवबेस हाल्ने काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताए। उनका अनुसार राहुघाट जलविद्युत् आयोजनाले कालोपत्र गर्ने कामबाहेकका सम्पूर्ण काम गर्ने र अन्य जलविद्युत् आयोजनाहरूले कालोपत्र गर्ने खर्चको २० प्रतिशत लागत व्यहोर्नेगरी सम्झौता भएको छ। आगामी कात्तिक १५ गतेसम्म सडक स्तरोन्नतिको काम सक्नुपर्ने आयोजनासँग लिखित सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए।

सडक स्तरोन्नतिसहित कालोपत्र भएपछि रघुगङ्गाका आठवटै वडाका बासिन्दालाई सहज हुने जनाइएको छ। रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा ४८.५ मेगावाटको माथिल्लो राहुघाट, ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, २१.३ मेगावाटको ठूलोखोला, २२.५ मेगावाटको माथिल्लो ठूलोखोला ‘ए’ लगायतका आयोजना सञ्चालनमा छन्। चालीस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ।

2