Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

लोप हुँदै भटमास खेती

लोप हुँदै भटमास खेती
A A+ A-

बविता राई

तेह्रथुम । कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती गरिँदै आएको भटमास पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । जिल्लाको म्याङलुङ आसपासका क्षेत्रमा एक दशकअघिसम्म बारीभरि देखिने भटमासका बोट अहिले फाट्टफुट्ट मात्र देखिएको छ ।

प्रशस्त प्रोटिन पाइने भटमास स्थानीय समुदायको खानपानसँगै कृषि संस्कृतिसँग पनि जोडिएको बाली हो । भटमासको हरियो कोशा उसिनेर खाने, तरकारीका रूपमा प्रयोग गर्ने, पाकेपछि भुटेर खाने तथा परम्परागत रूपमा किनिमा बनाएर प्रयोग गर्ने प्रचलन छ । भटमासबाट तेलसमेत उत्पादन गरिन्छ ।

सदरमुकाम म्याङलुङ बजार आसपासका सुक्खा, पानी नजम्ने तथा दोमट माटो भएका क्षेत्र भटमासखेतीका लागि उपयुक्त मानिन्थे । म्याङलुङ, तम्फुलालगायत क्षेत्रमा विगतमा भटमास प्रमुख बालीका रूपमा खेती हुने गरेको स्थानीय बताउँछन् । करिब एक दशकअघिसम्म यस क्षेत्रका बारीमा मुरीका मुरी भटमास उत्पादन हुने गरेकामा अहिले उत्पादन घटेको सिमिति स्थानीयको भनाई छ ।

म्याङलुङ नगरपालिका–२ मेयङलुङ गाउँका मनी खापुङका अनुसार पछिल्लो समय रासायनिक मलको प्रयोग बढ्दै जानु तथा खेती प्रणालीमा आएको परिवर्तनका कारण भटमासलगायत रैथाने बाली हराउँदै गएका हुन् । “पहिले हाम्रो बारीमा भटमाससँगै अन्य रैथाने बाली पनि प्रशस्त हुन्थे”, उनले भने, “अहिले खेती गर्ने तरिका परिवर्तन भएको छ, रासायनिक मलको प्रयोग बढेसँगै पुराना बालीको उत्पादन पनि घट्दै गएको छ ।”

भटमाससँगै विगतमा उत्पादन हुने रैथाने जातका सिमी, विभिन्न दाल तथा कोदोको खेतीसमेत घट्दै गएको स्थानीयको भनाइ छ । म्याङलुङ नगरपालिका–२ कै देवीमाया राईले रैथाने बाली हराउँदै जाँदा स्थानीय उत्पादनसँगै परम्परागत खानपानमा असर परेको बताइन् । “हाम्रा बाउबाजेले लगाउँदै आएका धेरै बाली अहिले खेतबारीमा देखिन छाडेका छन्”, उनले भनिन्, “बाली मात्र हराएको होइन, त्यससँग जोडिएको खानपान र परम्परा विस्तारै हराउँदै गएको छ ।”

म्याङलुङमा मात्र नभई जिल्लाका तम्फुला र बिस्कुनेलगायत क्षेत्रमा भटमास खेती घट्दै गएको छ । विगतमा यही समयमा हरियो कोसा लागेका भटमासका बोटले बारी ढाक्ने गरे पनि अहिले ती क्षेत्रमा भटमासका बोटसमेत देख्न मुस्किल हुने स्थानीय बताउँछन् । म्याङलुङ नगरपालिका–१० बिस्कुनेका किसान प्रेम पताङ्वाका अनुसार कहीँकतै फाट्टफुट्ट भटमासका बोट देखिए पनि विगतको तुलनामा उत्पादन निकै कम भएको छ । अहिले बारीमा भटमासको स्थान मकैले लिएको उनले बताए ।

कृषि ज्ञान केन्द्र तेह्रथुमका प्रमुख विशाल राईले रासायनिक मलको प्रयोग हुने क्षेत्रमा भटमासको उत्पादनमा कमी आएको बताए । माटोको अवस्था, खेती प्रणालीमा आएको परिवर्तन र रासायनिक मलको बढ्दो प्रयोगलगायत कारणले रैथाने बालीको उत्पादन प्रभावित भएको हुनसक्ने उनको भनाइ छ ।

भटमासलाई दलहनसँगै तेलहन बालीका रूपमा लिइन्छ । पोषणका दृष्टिले महत्त्वपूर्ण मानिने यसमा प्रशस्त प्रोटिन पाइन्छ । हरियो कोशा, पाकेको दाना, किनिमा तथा तेलका रूपमा प्रयोग गर्न सकिने भएकाले यसको उपयोगिता बहुआयामिक छ ।

एक दशक अघिसम्म भटमास उत्पादनको केन्द्रका रूपमा रहेका म्याङलुङ आसपासका क्षेत्रमा अहिले स्थानीय बजारमा तराईबाट ल्याइएको भटमास खरिद गर्नुपर्ने अवस्था आएको छ । स्थानीय उत्पादन घट्दै गएपछि उपभोगका लागि बाह्य क्षेत्रबाट भटमास ल्याउनुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ ।

रैथाने बाली कृषि उपज मात्र नभई स्थानीय समुदायको संस्कृति, खानपान, परम्परा र पहिचानसँग समेत जोडिएका हुन्छन् । यस्ता बालीको खेती र प्रयोग घट्दै जाँदा त्यससँग सम्बन्धित स्थानीय ज्ञान, सीप तथा परम्परागत खाद्य संस्कृतिसमेत प्रभावित हुने कृषि क्षेत्रका जानकार बताउँछन् ।

भटमास जस्ता लोपोन्मुख रैथाने बालीको संरक्षण गर्न स्थानीय जातको संरक्षण, उत्पादनमा किसानलाई प्रोत्साहन तथा परम्परागत ज्ञान र प्रयोगको प्रवर्द्धनमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

2