Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

एआईको युगमा नेपालको साझा भविष्य खोज्न खुला राष्ट्रिय अभियान सुरु

एआईको युगमा नेपालको साझा भविष्य खोज्न खुला राष्ट्रिय अभियान सुरु
एआईद्वारा सिर्जित तस्बिर
A A+ A-

काठमाडौं। नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता र दीर्घकालीन समृद्धिका लागि बृहत् राष्ट्रिय सहमति निर्माण गर्ने उद्देश्यले ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ शीर्षकको खुला राष्ट्रिय अभियान सुरु गरिएको छ।

अभियानले नेपालको भौगोलिक यथार्थ, बदलिँदो अन्तर्राष्ट्रिय परिवेश, प्रवासी नेपालीको ज्ञान, सीप र अनुभव तथा कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नवीन प्रविधिबाट सिर्जित अवसरलाई राष्ट्रिय प्राथमिकतासँग जोड्दै साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्ने लक्ष्य राखेको छ।

अभियानका संयोजक सौरभ राज पन्तले राजनीतिक दल, व्यावसायिक तथा प्राज्ञिक क्षेत्र, नागरिक समाज, सामुदायिक संस्था, जेन–जी युवा पुस्ता र प्रवासी नेपालीलगायत सबै सरोकारवालाबीच संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्।

“नेपालको भविष्यका लागि बृहत् राष्ट्रिय सहमति आवश्यक छ। हाम्रो भौगोलिक यथार्थ, बदलिँदो अन्तर्राष्ट्रिय परिवेश र एआईले ल्याइरहेको परिवर्तनलाई बुझ्दै सबै पक्षलाई साझा संवादमा जोड्नुपर्छ। राष्ट्रिय हितलाई केन्द्रमा राखेर तथ्य, अनुभव र विविध दृष्टिकोणका आधारमा नेपालको साझा बाटो खोज्नु नै यस अभियानको मूल उद्देश्य हो,” पन्तले भने।

अभियानअन्तर्गत एआई तथा नवीन प्रविधिको उपयोगलाई शिक्षा, रोजगारी, सुशासन, सार्वजनिक सेवा र समावेशी विकाससँग जोडेर बहस अघि बढाइनेछ। साथै, नेपालको स्वतन्त्र निर्णय क्षमता, राष्ट्रिय स्वाभिमान र दीर्घकालीन हितलाई केन्द्रमा राख्दै अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकासका राष्ट्रिय प्राथमिकताबारे रचनात्मक विमर्श गरिने जनाइएको छ।

कुनै एक राजनीतिक दल, क्षेत्र वा समुदायमा सीमित नरहने अभियानले नेपालको भौगोलिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै तथ्यमा आधारित संवाद, फरक विचारप्रतिको खुलापन र रचनात्मक सहकार्यमार्फत साझा राष्ट्रिय समझदारी निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

अभियानले आगामी दिनमा विभिन्न सरोकारवालासँग संवाद तथा विचार आदानप्रदानका कार्यक्रम सञ्चालन गरी नेपालको दीर्घकालीन राष्ट्रिय हित, प्रविधिमैत्री विकास र साझा भविष्यका लागि व्यावहारिक विकल्प पहिचान गर्ने जनाएको छ।

2