Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

कञ्चनपुरमा धान उत्पादन २ लाख मेट्रिकटन नाघ्यो

कञ्चनपुरमा धान उत्पादन २ लाख मेट्रिकटन नाघ्यो
A A+ A-

कञ्चनपुर । सिँचाइ सुविधा विस्तार, उन्नत बीउको प्रयोग र अनुकूल मौसमका कारण कञ्चनपुरमा यस वर्ष धान उत्पादन बढेको छ। जिल्लामा धानको कुल उत्पादन बढेर २ लाख ६ हजार १०८ मेट्रिकटन पुगेको छ। उत्पादकत्व पनि प्रतिहेक्टर ४.२५ मेट्रिकटन पुगेको छ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउँदका अनुसार गत वर्ष प्रतिहेक्टर ४.२ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष बढेर ४.२५ मेट्रिकटन पुगेको हो। उत्पादकत्वमा १.१९ प्रतिशतले वृद्धि भएको उनले बताए।

कञ्चनपुरमा गत वर्ष २ लाख ३ हजार ६८३ मेट्रिकटन धान उत्पादन भएको थियो। त्यसअघि १ लाख ९३ हजार ९८४ मेट्रिकटन उत्पादन भएको थियो। यस वर्ष उत्पादन बढेर २ लाख ६ हजार १०८ मेट्रिकटन पुगेको हो।

जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। अनुकूल मौसमसँगै उन्नत जातका बीउबिजनको प्रयोग र सिँचाइ सुविधाको विस्तारले उत्पादन बढाउन सहयोग पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन केन्द्रले साना सिँचाइका साधन विस्तारलाई पनि प्राथमिकता दिएको छ। यसअन्तर्गत किसानलाई नलकुप (ट्युबेल) जडानका लागि सहयोग उपलब्ध गराउँदै आएको छ।

सूचना अधिकारी साउँदका अनुसार गत वर्ष किसानलाई ७५० वटा बोरिङ उपलब्ध गराइएको थियो। यस वर्ष सिँचाइ प्रयोजनका लागि ४९५ वटा बोरिङ उपलब्ध गराइएको छ।

त्यस्तै, उन्नत जातका बीउबिजन र साना सिँचाइका साधनमा किसानलाई ५० प्रतिशत अनुदान दिइँदै आएको छ। आधुनिक कृषि यन्त्रको प्रयोगले खेतीपातीको काम सहज बनाउनुका साथै उत्पादन वृद्धिमा पनि सहयोग पुगेको केन्द्रको भनाइ छ।

कञ्चनपुरमा हाल ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। महाकाली सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरणबाट मात्रै ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ।

सिँचाइको पहुँच विस्तार, उन्नत बीउबिजन वितरण र आधुनिक कृषि उपकरणको प्रयोगलाई प्राथमिकता दिँदै आएको केन्द्रले जनाएको छ। यी प्रयाससँगै मौसम अनुकूल हुँदा जिल्लामा धानको उत्पादकत्व र कुल उत्पादन दुवै बढेको हो।

2