Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

चार जिल्लामा २५० विद्युत् टावर बन्दै

चार जिल्लामा २५० विद्युत् टावर बन्दै
A A+ A-

काठमाडौं । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत निर्माण भइरहेको न्यू बुटवल–न्यू दमौली ४०० केभी विद्युत् प्रसारण लाइनको काम सुरु भएको छ। आयोजनाअन्तर्गत चार जिल्लामा २५० वटा प्रसारण टावर निर्माण गरिने भएको छ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले तनहुँ र पाल्पाबाट प्रसारण लाइन निर्माणको काम अघि बढाएको हो। न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्म फैलिने यो खण्ड ९० किलोमिटर लामो हुनेछ।

आयोजनाअन्तर्गत तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा टावर निर्माण गरिनेछ। ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त प्रसारण लाइनले ठूलो परिमाणमा विद्युत् प्रवाह गर्न सक्नेछ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत कुल ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्ने योजना छ। न्यू बुटवल–न्यू दमौली खण्ड त्यसैको महत्त्वपूर्ण हिस्सा हो।

नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार भइरहेका बेला उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न आवश्यक पूर्वाधार निर्माणलाई पनि तीव्रता दिनुपर्ने चुनौती छ। नयाँ प्रसारण लाइन निर्माणले विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न र पश्चिम नेपालको प्रसारण क्षमता विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

४०० केभी क्षमताको दोहोरो सर्किट प्रसारण लाइन सञ्चालनमा आएपछि विद्युत् प्रवाहको क्षमता बढ्नुका साथै ऊर्जा सुरक्षामा पनि योगदान पुग्ने एमसीए–नेपालको अपेक्षा छ। न्यू बुटवल–न्यू दमौली खण्डको निर्माण सुरु भएसँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको विद्युत् प्रसारण पूर्वाधार विस्तारले थप गति लिएको छ।

2