सिरहा। चीनको तिब्बत तर्फबाट भोटेकोशी त्रिशूली नदी आकस्मिक रूपमा आएको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि लहान नगरपालिकाका कर्मचारीले रु ११ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएका छन् ।
लहान नगरपालिकाका नगर कार्यपालिकाको आज बसेको बैठकले बाढी पीडितहरूको उद्घार, उपचार, राहत एवं पुनःस्थापनाका लागि सहयोग गर्न नगरप्रमुख महेशप्रसाद चौधरीले एक महिनाको पारिश्रमिक एवं सम्पूर्ण शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले आफ्नो पारिश्रमिकबाट एक दिन बराबरको तलबसहित रकम जम्मा गर्ने निर्णय गरेको हो । नगरप्रमुखका अनुसार सङ्कलन भएको रकम कोषमा उपलब्ध गराइनेछ ।
