Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढीः ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीः ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन
अ+ अ-

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक गएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४८९ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार दिउँसो १२ बजेसम्म विभिन्न जिल्लामा ४८९ जनाको शव फेला परेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४०, तनहुँमा २९, नुवाकोटमा ३७, गोरखामा ४४, चितवनमा १८६, नवलपरासी पूर्वमा ११२ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ५४५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका छन् ।

बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ । हाल काठमाडौँका विभिन्न अस्पतालमा ८७ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बल, नेपालका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।

बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । सुरक्षाकर्मी तथा सम्बन्धित निकायले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन् ।

2