Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी

माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
A A+ A-

१२ भदौ, सुनसरी । भीष्म अधिकारीले वार्षिक ५० लाख आम्दानी गर्न थालेका छन् । दश कट्ठा क्षेत्रफलबाट सुरु गर्नुभएको माछापालन १६ बिघामा पुगेपछि उक्त आम्दानी हुन थालेको हो । उहाँ बराहक्षेत्र नगरपालिका–९ का मेहनती किसान हुन् ।

उनले माछापालनबाट दाना, माछाका भूरा, कर्मचारीलगायत खर्च कटाएर वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गरेको छ । विसं २०५२ मा दश कट्ठाबाट माछापालन सुरु गरेका अधिकारीले हाल १६ बिघा क्षेत्रफलमा ३० वटा पोखरी निर्माण गरी सात प्रजातिका माछा पाल्दै आएको छ ।

अधिकारीले रौ, नैनी, भाकुर, कमन, ग्रासलगायत सात प्रजातिका माछा पाल्दै आएको छ । पोखरीमा उत्पादित माछा सुनसरीका इनरुवा, लौकही, कालाबञ्जर, इटहरी, झुम्कालगायतका बजारमा बिक्री हुने गरेको छ । अधिकांश व्यापारी पोखरीमै आएर माछा खरिद गरी लैजाने गरेका छन् । पोखरीबाट प्रतिकेजी रु २५० देखि रु ३०० मा बिक्री हुने गरेको बताए ।

उनका अनुसार करिब दुई किलो दाना खुवाउँदा एक किलो माछा उत्पादन हुने गरेको बताए । माछाको दाना प्रतिकेजी रु १६० देखि रु १७० सम्म पर्छ । उनले माछाका भूरा निजी फार्मबाट ल्याउने गरेको छ । भूराको मूल्य प्रतिकेजी रु ५०० देखि रु ५५० सम्म पर्ने गरेको छ । कोशी प्रदेशमा सरकारी माछा भूरा उत्पादन फार्म नहुँदा सरकारी निकायबाट भूरा उपलब्ध हुन नसकेको जानकारी दिए ।

सरकारले माछापालनका लागि आवश्यक भूरा र दाना सहज रूपमा उपलब्ध गराउन सके किसानलाई थप प्रोत्साहन मिल्ने र उत्पादन बढाउन सकिने अवस्था छ । विशेषगरी बराहक्षेत्र–८, ९ र ११ मा माछापालक किसान बढ्दै गएका छन् । नगरपालिकामा करिब ३०० घरधुरीले माछापालन गर्दै आएका छन् भने एक हजार ३०० भन्दा बढी पोखरी रहेको अधिकारीले बताए ।

कोशी नदी किनारलाई कृषि पर्यटन (एग्रो टुरिजम) सँग जोडेर थप विस्तार गर्ने योजना बनाएको बताए । माछापालनसँगै पोखरी क्षेत्रलाई पर्यटकीय गतिविधिसँग जोड्न सके स्थानीय उत्पादनको बजारीकरणसँगै रोजगारी र आम्दानीका अवसरसमेत बढाउन सकिने उनको भनाइ छ ।

2