Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रसुवा बाढीपीडितलाई चार स्थानीय तहले नौ लाख सहयोग गर्ने

रसुवा बाढीपीडितलाई चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
अ+ अ-

बैतडी । बैतडीका चार स्थानीय तहले भोटेकोशी बाढीप्रभावित परिवारको राहत तथा उद्धारका लागि नौ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । स्थानीय पाटन, दशरथचन्द नगरपालिका, शिवनाथ र सिगास गाउँपालिकाले बाढी प्रभावितको राहत तथा उद्धारका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन् ।

रसुवा बाढी प्रभावितलाई दशरथचन्द नगरपालिकाले रु तीन लाख उपलब्ध गराउने नगरप्रमुख पुष्करराज जोशीले जानकारी दिए ।

पाटन नगरपालिकाले बाढीपीडितको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गर्ने जनाएको छ । नगरप्रमुख गौरीसिंह रावलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५० हजार जम्मा गर्ने जानकारी दिए ।

त्यस्तै, शिवनाथ गाउँपालिकाले पनि भोटेकोशी बाढीपीडितका लागि रु दुई लाख सहयोग गर्ने भएको छ । विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिने गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए ।

यस्तै सिगास गाउँपालिकाले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख र प्रधानमन्त्री राहत कोषमा रु ५० हजार गरी एक लाख ५० हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । बाढी प्रभावितको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।

2