Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सडक सञ्जालले फेर्यो धनकुटाको कटहरे गाउँको आरन व्यवसाय

सडक सञ्जालले फेर्यो धनकुटाको कटहरे गाउँको आरन व्यवसाय
A A+ A-

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-५ घोर्लीखर्कस्थित कटहरे गाउँका झमक रसाइलीको दैनिकी अहिले आरनमै बित्ने गरेको छ। मध्यपहाडी राजमार्गको हिले-लेगुवा सडकखण्ड नजिकै रहेको उहाँको आरनमा बिहानदेखि खुकुरी बनाउने काम हुन्छ। सडक कालोपत्रे भएसँगै रसाइलीले आफ्नो पुरानो सीपलाई थप व्यावसायिक बनाएको छ।

पहिले बालीघरे प्रथाअनुसार फाली, हँसिया र कोदालोमा सीमित यहाँका आरनमा अहिले खुकुरी बन्छन्। गाउँका २३ घरपरिवार अहिले धातुजन्य हस्तकलामा संलग्न छन्। २०६० सालमा ट्रयाक खुलेको सो सडक २०७८ सालमा कालोपत्रे भएपछि गाउँको मुहार फेरिएको हो। सडकले बजारसँग जोडेपछि कच्चा पदार्थ ल्याउन र उत्पादित सामान बाहिर पठाउन सहज भएको छ।

स्थानीय ताराबहादुर विश्वकर्माका अनुसार बजारको पहुँच बढेसँगै आरनमा आधुनिक उपकरणसमेत भित्रिन थालेका छन्। अर्डरअनुसार तयार गरिएका खुकुरी काठमाडौं हुँदै विदेशसम्म निर्यात हुन्छन्। स्थानीय प्रेमबहादुर रसाइलीका अनुसार डिजाइन र गुणस्तरका आधारमा एउटा खुकुरीको मूल्य १ हजार ५ सयदेखि १२ हजार रुपैयाँसम्म पर्छ। उनी भन्छन्, ‘पहिले खेतीपाती र आरनकै भरमा मुस्किलले घर चल्थ्यो। अहिले आफ्नै घरमा उद्योग छ, उत्पादनको मूल्य पनि राम्रो पाइन्छ, त्यसैले परिवारको खर्च चलाउन सजिलो भएको छ।’

पाख्रीबास नगरपालिकाले पनि उद्यम गर्न चाहने स्थानीयलाई सहयोग गर्ने नीति लिएको छ। नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङका अनुसार उद्यमीहरूले सरकारी नीतिअनुसार सम्बन्धित निकायमा प्रस्ताव पेश गरेमा सहयोग गर्ने योजना रहेको छ।

2