Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

मधेसमा रेमिट्यान्सको अधिकांश हिस्सा अनुत्पादक क्षेत्रमा खर्च

मधेसमा रेमिट्यान्सको अधिकांश हिस्सा अनुत्पादक क्षेत्रमा खर्च
A A+ A-

काठमाडौं: मधेस प्रदेशका युवाले वैदेशिक रोजगारीबाट कमाएको विप्रेषणको ९० देखि ९५ प्रतिशत हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ। अध्ययनहरूका अनुसार वैदेशिक रोजगारीबाट प्राप्त रकम उपभोग्य वस्तु, ऋण भुक्तानी, घर निर्माण, जग्गा खरिद तथा शिक्षा र स्वास्थ्यमा खर्च हुने गरेको छ भने उत्पादनमूलक क्षेत्रमा ५ प्रतिशतभन्दा कम मात्र लगानी हुने गरेको छ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८०/०८१ को अध्ययनअनुसार राष्ट्रियस्तरमा श्रम स्वीकृति लिने कुल संख्याको २२.५६ प्रतिशत हिस्सा मधेस प्रदेशको छ। तर, विदेशबाट कमाएको रकम व्यवस्थापन गर्न नसक्दा धेरै युवा स्वदेश फर्किएपछि पुनः मजदुरी गर्न बाध्य छन्। समाजसेवी श्रीदेव यादवका अनुसार वैदेशिक रोजगारीमा रहँदासम्म घर खर्च चले पनि फर्किएपछि कमाइको स्रोत नहुँदा उनीहरूको अवस्था पुनः उस्तै हुने गरेको छ। उनले भने, ‘पक्की घर त हुन्छ, चोकमा घडेरी हुन्छ, तर घरमा खानेकुरा हुँदैन।’

अर्थविज्ञ उमाशंकर प्रसादका अनुसार मधेसमा चेतनाको अभाव र दीर्घकालीन सोचको कमीले गर्दा कमाएको रकमलाई बचत वा लगानी गर्ने प्रवृत्ति न्यून छ। ‘वर्तमानमा जे छ, त्यसैमा रमाउने सोचका कारण पछि हात लाग्यो शून्य हुने गरेको छ,’ उनले भने।

मधेस प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/०८२ का अनुसार विप्रेषणको ६० देखि ७० प्रतिशत दैनिक उपभोगमा खर्च हुन्छ। यसैगरी, पुरुष कामदारले पठाएको रकमको करिब ३३.५ प्रतिशत हिस्सा सुरुवाती वर्षहरूमा ऋण र मिटरब्याज तिर्न खर्च हुने गरेको विभिन्न अध्ययनले देखाएका छन्। बैंक तथा वित्तीय संस्थामा निक्षेप बढे पनि सर्वसाधारणले रकम बचत खातामै सीमित राख्ने गरेका छन्। उद्योग, कृषि व्यवसायीकरण वा सेयर बजारमा रेमिट्यान्सको पहुँच ५ प्रतिशतभन्दा कम रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। पहाडी तथा सहरी क्षेत्रको तुलनामा मधेस, कर्णाली र सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा रेमिट्यान्सको ठुलो हिस्सा ऋण तिर्न र दैनिक गर्जो टार्नमै खर्च हुने गरेको छ।

2