Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

बुटवल-गोरुसिङ्गे सडक निर्माण: एक वर्ष बाँकी रहँदा प्रगति २९ प्रतिशत मात्र

बुटवल-गोरुसिङ्गे सडक निर्माण: एक वर्ष बाँकी रहँदा प्रगति २९ प्रतिशत मात्र
A A+ A-

काठमाडौं: पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडक विस्तारको काम निर्धारित समय सकिन एक वर्ष बाँकी रहँदा २९ प्रतिशतमा सीमित भएको छ। निर्माण सामग्रीको अभाव र विद्युत् पोल सार्ने कार्यमा भएको ढिलाइले आयोजना प्रभावित बनेको छ।

करिब ५० किलोमिटर लामो सडक विस्तारका लागि २०८१ असारमा ठेक्का सम्झौता भएको थियो। २०८१ कात्तिक ४ गतेबाट सुरु भएको कामको म्याद २०८४ कात्तिक ४ गतेसम्म छ। आयोजनाका इन्जिनियर अशोक पौडेलका अनुसार २५ किलोमिटरको लट १ को भौतिक प्रगति २९.५ प्रतिशत र लट २ को २९ प्रतिशत मात्र छ। आयोजनाका अधिकारीहरूले यस अवधिमा कम्तीमा ४० देखि ४५ प्रतिशत प्रगति हुनुपर्नेमा सो हुन नसकेको बताएका छन्।

निर्माणका लागि चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीमा ठेक्का पाएका छन्। आयोजनाका लागि चालु आर्थिक वर्षमा ४ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। निर्माण सामग्रीको अभाव मुख्य समस्याको रूपमा देखिएको छ। आयोजनाको विवरणअनुसार अझै ८ लाख १० हजार घनमिटर माटो र ७ लाख ४९ हजार घनमिटर नदीजन्य सामग्री आवश्यक छ।

यस्तै, विद्युत् पोल सार्ने जिम्मा पाएको सोहन कन्स्ट्रक्सनका ठेकेदार सम्पर्कविहीन हुँदा काम थप अलपत्र परेको छ। लट १ मा १ हजार ६२१ र लट २ मा १ हजार २ वटा पोल सार्नुपर्नेमा हालसम्म निकै कम मात्र सारिएको छ। आयोजना प्रमुख कुशलता न्यौपानेले निर्माण सामग्रीको उपलब्धता र पोल सार्ने समस्या समाधानका लागि निरन्तर समन्वय भइरहेको बताइन्।

यसैबीच, गोरुसिङ्गे-चन्द्रौटा खण्ड विस्तारको ठेक्का पनि चिनियाँ कम्पनी चाइना एमसीसी १७ ग्रुपले पाएको छ। १९.२ किलोमिटर सडक चार लेनमा विस्तार गर्न ४ अर्ब ५६ करोड ६६ लाख रुपैयाँमा सम्झौता भएको छ। यस खण्डका लागि ३० महिनाको समय दिइएको छ।

2